images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

२४ घण्टामा: थप ३३२ मा सङ्क्रमण,४ को मृत्यु

२४ घण्टामा: थप ३३२ मा सङ्क्रमण,४ को मृत्यु

बुधवार, मंसिर ८ २०७८

  • 329
    SHARES

  • २४ घण्टामा: थप ३३२ मा सङ्क्रमण,४ को मृत्यु

    काठमाडौ, मङ्सिर । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् ।  भाइरस सङ्क्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।

    सङ्क्रमणबाट चारको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् ।

    बुधवार, मंसिर ८ २०७८०८:१२:५८

    डेमो खबर

    सम्बन्धित समाचार