images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

कर्णाली लोकमार्ग  : 'टालटुलमै सिमित, बजेट मात्र सक्ने '  

कर्णाली लोकमार्ग  : 'टालटुलमै सिमित, बजेट मात्र सक्ने '  

बुधवार, मंसिर ८ २०७८

  • 353
    SHARES

  • कर्णाली लोकमार्ग  : 'टालटुलमै सिमित, बजेट मात्र सक्ने '  


    कालीकोट, मङ्सिर । मर्मतका नाममा कर्णाली लोकमार्ग टालटुलमै सिमित हुँदै आएको छ । वर्षेनी लोकमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भएपनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने गरेको पाइएको छ । 
    अगाडीबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्कीदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र सक्ने गरेको पाइएको हो ।  आर्थिक वर्ष २०७७÷०७८ मा कर्णाली लोकमार्गको मर्मतका लागि झण्डै १६ करोड बजेट थियो । 
    विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्का बोलियो । निमार्ण ब्यवसायीले ठेक्का पनि हाले, तर सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरे, कतै ओटासिल विछ्याए । अगाडीबाट ओटासिल हालेपनि पछिबाटै उप्कीदै जाने गरेको छ । 
    तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका खड्कराज शाहीले राँचुलीमा सडकमा कालोपत्रे गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको बताएका छन ।  उनले केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेका जस्तै जीर्ण बनेको बताएका छन । 
    शाहीले सडक कालोपत्रे गर्दा सडकमा रहेको माटो राम्रोसँग सफा गर्ने त्यसपछि पानीले माटो सबै बगाएर खाली कँक्रिटमाथि कालोपत्रे गर्दा मात्र त्यो सडक बलियो हुने आफूले सुनेको बताए ।  ‘यहाँ त सडक माटो उस्तै हुन्छ । त्यही माटो माथि कालोपत्रे हुन्छ, हप्तादिनमै उप्कीन्छ’ उनले भने ।  
    सडक डिभिजन कार्यालय जुम्लाले कामदार अभाव र सानो सडकमा यातायात पनि सञ्चालन भइरहने हुँदा कालोपत्रे गरेको सडक छिट्टै उप्किने गरेको जनाएको छ । 
    सडक डिभिजन कार्यालयले रोलर नपुगेको छेउबाट स्थानीयले पनि सडकको कालोपत्रे उप्काउने पानी छोड्ने गरेकाले त्यसैको असर बीचभागको सडकमा पर्ने र ठूला मालवहाक गाडीका टायर पानीमा घस्रिने भएकाले सडक छिट्टै जीर्ण हुने गरेको बताएको छ ।  
    कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कर्मचारीले अनुगमन नगर्नु, इमान्दार कर्मचारीलाई साविकको कर्णालीमा काम गर्न नदिनुलगायतका कारण कर्णाली लोकमार्गको स्तरबृद्धी नहुनु भएको बताएका छन ।  

     

     

    बुधवार, मंसिर ८ २०७८०९:२७:३६

    डेमो खबर

    सम्बन्धित समाचार