images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images
मसाल महामन्त्री सिंह भन्छन

ओलीका गतिविधि : "हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना गर्ने खालका "

ओलीका गतिविधि : "हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना गर्ने खालका "

सोमवार, मंसिर ६ २०७८

  • 741
    SHARES

  • ओलीका गतिविधि : "हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापना गर्ने खालका "


    देउखुरी, मङ्सिर । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको  आरोप लगाएका छन । 
    प्रगतिशील पत्रकार सङ्घ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताएका छन ।
    कम्युनिष्ट पार्टीको अध्यक्षले दुई÷दुई पटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । 
    “मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो,” महामन्त्री सिंहले भने, “ओलीका गतिविधिहरू नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ ।” 
    महामन्त्री सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउन गठबन्धनभित्र विकल्पहरूको खोजी भइरहेको बताए । सर्वाेच्च अदालतमा भएको आन्दोलनका कारण अहिले गम्भीर समस्या देखिएको भन्दै उहाँले आन्दोलनलाई लामो समयसम्म जान दिन नहुने बताए । 

    सोमवार, मंसिर ६ २०७८०९:५६:५६

    डेमो खबर

    सम्बन्धित समाचार