images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु - प्रधानमन्त्री देउवा भेटवार्ता हुँदै 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु - प्रधानमन्त्री देउवा भेटवार्ता हुँदै 

बिहिवार, मंसिर २ २०७८

  • 613
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु - प्रधानमन्त्री देउवा भेटवार्ता हुँदै 


    काठमाडौं, मंसिर ।  नेपालको  भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री देउवासँग बिहीबार बालुवाटारमा भेटघाट हुनेछ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।
    लुले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।

    अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्तासँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलको अवलोकन गर्ने उल्लेख छ ।

    आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेतासँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

    नेपालमा एमसीसी परियोजनाबारे विवाद बढिरहेका बेला अमेरिकाका दुई उच्च अधिकारीको नेपालमा आएका हुन् ।

    बिहिवार, मंसिर २ २०७८०९:५२:२१

    डेमो खबर

    सम्बन्धित समाचार