images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

दायित्व वाङ्मय प्रतिष्ठान : बाह्र साहित्यकारलाई सम्मान

दायित्व वाङ्मय प्रतिष्ठान : बाह्र साहित्यकारलाई सम्मान

शनिवार, कार्तिक २७ २०७८

  • 685
    SHARES

  • दायित्व वाङ्मय प्रतिष्ठान  :  बाह्र साहित्यकारलाई सम्मान

     काठमाडौँ, कात्तिक । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले १२ साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले साहित्यकार प्रा कृष्ण गौतम र सि रिजाललाई क्रमशः दायित्व वाङ्मय विशिष्ट सम्मान, २०७७ र २०७८ बाट सम्मान गरेको हो । यस्तै वाङ्मय सम्मान, २०७७ बाट लुमडी आचार्य र २०७८ बाट गङ्गा कर्माचार्य गौतमलाई सम्मान गरिएको छ ।

    वरिष्ठ पत्रकार एवं साहित्यकार भैरव रिसाललाई शङ्कर कोइराला आख्यान पुरस्कार, २०७७ तथा २०७८ बाट साहित्यकारद्वय बनमाली निराकार र इस्मालीलाई सम्मानित गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ ।

    त्यसैगरी प्रतिष्ठानले हरिकला–गुणाकार दायित्व रचना पुरस्कार, २०७६ र २०७७ क्रमशः साहित्यकार दिनेशविक्रम थापा (सुर्यनाथ, कविता) र दिव्य गिरी (दुई लघुकथा, लघुकथा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ११ हजार छ ।

    यस्तै दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार, २०७७ र २०७८ क्रमशः छहारी नेपाल र निबन्ध आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । जनही रु ११ हजार राशिको दायित्व यशोधा पन्त प्रतिभा पुरस्कार, २०७७ र २०७८ क्रबशः रेणुका भट्टराई र आमा शर्माले प्राप्त गर्नुभएको छ ।

    सोही अवसरमा वरिष्ठ पत्रकार एवं साहित्यकार रिसालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको राजनीति बिग्रेको छ, राजनीतिले सही बाटो लिएको छैन, सर्वोच्च अदालत छ कि छैन, न्याय क्षेत्र चल्दैन, महङ्गी र अभाव छ, सरकारको त्यतातिर ध्यान जाओस् ।

    शनिवार, कार्तिक २७ २०७८०८:२९:०६

    डेमो खबर

    सम्बन्धित समाचार