images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images
अर्ली इलेक्सनको चर्चा

कांग्रेसका वरिष्ठ नेता पौडेलले भने : 'सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने '

कांग्रेसका वरिष्ठ नेता पौडेलले भने : 'सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने '

शनिवार, कार्तिक ६ २०७८

  • 1.2K
    SHARES

  • कांग्रेसका  वरिष्ठ नेता  पौडेलले  भने  :  'सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने '

    काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताउनुभएको छ । धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गर्नुभएको हो ।

    नेपाली कांग्रेस अर्ली इलेक्सनको पक्षमा नभएको र यो संविधान विपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा अर्ली इलेक्सन बारे उल्लेख नभएकाले छिटै चुनाव हुननसक्ने बताउनुभयोे ।

    संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उहाँले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ भन्नुभयो ।

    नेता पौडेलले एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताउनुभयो । नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नाको विकल्प नभएको उहाँको भनाइ थियो ।

    नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिनुभयोे ।

    शनिवार, कार्तिक ६ २०७८०७:३२:३४

    डेमो खबर

    सम्बन्धित समाचार