images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

अफगानिस्तान  :  महिलाले मागे समावेशिता 

अफगानिस्तान  :  महिलाले मागे समावेशिता 

सोमवार, आश्विन २५ २०७८

  • 677
    SHARES

  • अफगानिस्तान  :  महिलाले मागे समावेशिता 


    काबुल, असोज  । राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागीताको व्यवस्था गर्न अफगानिस्तानका महिलाले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शन समेत गरेका छन् ।  
    तालिवानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागीता नभएको र सरकारले महिला सहभागीताका अन्य कदमहरु पनि नचालेकोमा उनीहरुको विषेश चिन्ता थियो ।

    “नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागीता र समावेशीताको विषय अझै पनि अनिश्चित र अन्यौलपूर्ण रहेकाले त्यस तर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,” एक महिला अधिकारकर्मीले भन्नुभयो । उहाँका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै १०० भन्दा बढी देशमा प्रदर्शन भएको छ ।  
    विश्वभरीबाट दवाव भएपनि महिला अधिकारको पक्षमा तालिवान सरकारले कुनै उदारता देखाएको छैन । तर महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिवद्धता भने जनाउदै आएको छ । 
    विश्व समुदायलाई आफू सुध्रिएको, उदार भएको देखाउन तालिवान सरकारले मौखिक प्रयास गर ेपनि व्यवहारमा भने देखिएको छैन । तालिबानमा अहिले पनि महिलालाई रोजगारीका लागि र अध्ययन अध्यापनका लागि विद्यालय जान रोक लगाइएको छ । 
    त्यसैगरी राजनीतिक क्षेत्रमा पनि कुनै स्थान दिइएको छैन । तालिबान विद्रोहीले झण्डै २० बर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएका छन् । विद्रोहीले राजधानी काबुल कब्जा गर्ने देखिएपछि तत्कालिन राष्ट्रपति असरफ घानीले देश छाडेकाले सहजै उनीहरुले सत्ता पाएका हुन । रासस÷एएनआई

     

    सोमवार, आश्विन २५ २०७८१०:४५:५१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार