images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

ब्राजिलमा कोरोना सङ्क्रमण  : 'एकै दिन १८२ जनाको मृत्यु'

ब्राजिलमा कोरोना सङ्क्रमण  : 'एकै दिन १८२ जनाको मृत्यु'

सोमवार, आश्विन २५ २०७८

  • 565
    SHARES

  • ब्राजिलमा कोरोना सङ्क्रमण  : 'एकै दिन १८२ जनाको मृत्यु'


    साओ पाओलो, असोज  ।  ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार यहाँ गएको २४ घण्टामा मात्र १८२ जनाको ज्यान गएको छ । 
    धेरै लामो समयपछि यहाँ एकै दिनमा यति धेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीले जनाएका छन् । यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । 
    अधिकारीका अनुसार यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख १ हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकै दिनमा दुई हजारभन्दा बढीको पनि ज्यान गएको स्वास्थ्य अधिकारीले जानकारी दिएका थिए ।
    पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८२ जनाको ज्यान गएको थियो ।
     त्यसैगरी, गएको २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या ८ हजार ६८७ जना रहेको थियो । यो सँगै यो भाइरसबाट सङ्क्रमित हुने यहाँ दुई करोड १५ लाख नाघेको बताइएको छ । 
    ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएकोछ । 
    यहाँको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्र विन्दुमा नै रही आएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिका पछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । रासस÷सिन्ह्वा  

    सोमवार, आश्विन २५ २०७८१०:४०:३४

    डेमो खबर

    सम्बन्धित समाचार