images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

यहि सरकारले निर्वाचन गराउँछ :  श्रेष्ठ

यहि सरकारले निर्वाचन गराउँछ :  श्रेष्ठ

सोमवार, आश्विन २५ २०७८

  • 533
    SHARES

  • यहि सरकारले निर्वाचन गराउँछ :  श्रेष्ठ


    सर्लाही, असोज । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब हुने निर्वाचन अहिलेको गठवन्धन सरकारले नै गराउने बताएका छन ।  सोमवार सर्लाहीको बरहथवामा दशैँ, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय निर्वाचन यही सरकारले गराउने बताए । 
    ‘भर्खरै सरकार निर्माण भएको छ, अब यही पाँच दलीय गठवन्धनको सरकारले नै निर्वाचन गराउँछ,’ नेता श्रेष्ठले भने, ‘यो संसद पनि पूरा आयुसम्म रहन्छ ।’ उनले तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसद विघटन गरेर प्रतिगमनको बाटोतर्फ अघि बढेकाले पार्टी टुक्रिएको बताए । 
    आफूहरु कम्युनिष्टबीच एकता गरी मुलुकलाई समाजवादतर्फ लैजान अग्रसर भइरहेको अवस्थामा ओली बाधक बनेको माओवादी नेता श्रेष्ठको आरोप छ । नेता श्रेष्ठले पार्टीका समर्थक, शुभचिन्तक र कार्यकर्तालाई सङ्गठन विस्तार तथा आगामी पुससम्मको पार्टीको आन्तरिक कार्यतालिकाबारे जानकारी गराए ।  
    बरहथवा नगरपालिका वडा नं. ७ को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबाट २५० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका पार्टीका नेता अर्जुन पन्तले जानकारी दिएका छन । 
    पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले पूर्व सभासद् शिवपुजन रायका बुवा एवं पाँच पटकसम्म गडहिया डुमरिया गाविसको अध्यक्ष हुनुभएका अमिरी राय यादवको निधनमा दुःख व्यक्तगर्दै उहाँकै निवासी रामनगर गाउँपालिका–५, बिर्तामा पुगेर श्रद्धान्जली  व्यक्त गरे। 
    यस्तै, नेता श्रेष्ठले सोमवार नै बसबरियामा पार्टीका नेता कार्यकर्तालाई सम्वोधन गर्नुभएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले बताए । श्रेष्ठले यसअघि आइतवार लालबन्दीमा पार्टीको नगर पार्टी कार्यालय उद्घाटनसँगै वाइसिएलको नगर सम्मेलनलाई सम्वोधन गरे । 

     

    सोमवार, आश्विन २५ २०७८१०:२५:२७

    डेमो खबर

    सम्बन्धित समाचार