images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images
काँग्रेसको १४ औं महाधिवेशन

 उपसभापति निधिले भने : 'देउवाले अबको सभापति तपाइँ भन्नुभएको छ'

 उपसभापति निधिले भने : 'देउवाले अबको सभापति तपाइँ भन्नुभएको छ'

सोमवार, आश्विन २५ २०७८

  • 1.8K
    SHARES

  •  उपसभापति निधिले भने : 'देउवाले अबको सभापति तपाइँ भन्नुभएको छ'

    ढल्केवर, असोज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराइवासीबीच भावनात्मक सम्बन्ध जोड्न नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने बताएका छन ।

    सोमबार धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को लगमामा विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा बोल्दै उनले भने, हिमाल र पहाडका साथीले नेपाली काँग्रेसको सभापतिमा मलाई हेर्न चाहेका छन । उनले थपे, यसका लागि त्यहाँका साथीले पूरा सहयोग गर्ने इच्छा प्रकट गरेका छन ।

    नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न पनि उनले आग्रह गरे । निधिले भने, केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छु । सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेकाले तपाईंहरुको साथ, सहयोग र समर्थन चाहेको छु ।

    १४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिएको उनले स्मरण गरे ।

    सभापति देउवासँगको कुराकानीबारे उपसभापति निधिले कार्यकर्तालाई सुनाउँदै भने, सबै नेताबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको थियो । त्यसैले यसपाली उहाँले मलाई सहयोग गर्नु नै पर्छ ।

    उपसभापति निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न जिल्लाका नेता कार्यकर्तालाई आग्रह गरे । भेलालाई सम्बन्धोन गर्दै निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवा पुस्ताले गर्ने दावी गरे ।

    अब आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवा पुस्ताको दावेदारी रहने भएकाले अबको पाँच वर्षपछि युवा पुस्ताले कांग्रेसको नेतृत्व गर्ने पनि बताए ।

    सोमवार, आश्विन २५ २०७८०९:५९:३६

    डेमो खबर

    सम्बन्धित समाचार