images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

२४ घण्टामा: ७८५ कोरोना सङ्क्रमित,१२ जनाको निधन

२४ घण्टामा: ७८५ कोरोना सङ्क्रमित,१२ जनाको निधन

सोमवार, आश्विन २५ २०७८

  • 569
    SHARES

  • २४ घण्टामा: ७८५ कोरोना सङ्क्रमित,१२ जनाको निधन

    काठमाडौँ, असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ ।

    नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।८ प्रतिशत रहेको छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ । आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

    सोमवार, आश्विन २५ २०७८०९:१६:२५

    डेमो खबर

    सम्बन्धित समाचार