images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

'धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार' : मुख्यमन्त्री पोखरेल

'धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार' : मुख्यमन्त्री पोखरेल

आइतवार, आश्विन १७ २०७८

  • 737
    SHARES

  • 'धार्मिक पर्यटन प्रदेशको समृद्धिको आधार' : मुख्यमन्त्री पोखरेल

    गण्डकी, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार भएको बताउनुभएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा बोल्दै उहाँले नवलपुरको त्रिवेणी, गजेन्द्रमोक्ष धामदेखि मुस्ताङको दामोदरकुण्डसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने बताएका छन ।

    प्रदेशभित्रका धार्मिक पीठका प्रमुखहरूलाई एक ठाउँमा भेला गराएर संयुक्त अवधारणा बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोडेर आर्थिक क्रियाकलाप बढाउन सकिने बताए ।

    कालीगण्डकी नदी केबल नदी नभएर सभ्यता, संस्कृति र सम्पदाको आधार भएको उल्लेख गर्दै उहाँले यसैको महत्व र सम्भाव्यता अध्ययनका लागि गण्डकी प्रदेश सरकारले समिति गठन गरेको जानकारी दिए ।

    धर्मलाई सामाजिक क्षेत्र, शिक्षा र विकासका गतिविधिसँग जोड्न सकिन्छ भन्ने उदाहरण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रस्तुत गर्न सफल भएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका अन्य पीठहरूले समेत यसको अनुकरण गर्नुपर्नेमा जोड दिए ।

    मन्दिर परिसरलाई व्यवस्थित बनाउने मात्र नभई गुरुकुल, प्राकृतिक चिकित्सालय, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेर विन्ध्यवासिनी धार्मिक समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै उनले प्रदेश समृद्धिको पहिलो आधार नै पर्यटन भएकाले कोरोनाले आक्रान्त बनाएको यस क्षेत्रलाई चलायमान बनाउन नेपालस्थित राजदूतहरूलाई गण्डकी सरकारले पोखरा बोलाएर विशेष कार्यक्रम गरेको बताए ।

    सम्मानित व्यक्तित्व वरिष्ठ लोकसंस्कृतिविद् एवं कवि तुलसी दिवसले धर्मसँग जोडिएको संस्थाले संस्कृति र समाज सेवाको क्षेत्रलाई अगाडि बढाउन देखाएको क्रियाशीलताप्रति प्रशंसा गर्दै सिर्जनशीलताकै कारण मानव जीवन सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

    धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले लामो आरोह अवरोह पार गरेर समिति अहिलेको अवस्थामा आइपुगेको बताउँदै धार्मिक क्रियाकलापलाई अझ प्रभावकारी बनाउन समिति प्रयासरत रहेको जजनाएका छन । समितिका सचिव तीर्थ श्रेष्ठले लकडाउनको सदुपयोग गर्दै पुरातत्व विभागको स्वीकृतिमा विन्ध्यवासिनी माताको मूर्ति जीर्णोद्धार गरिएको बताउँदै अब मूर्तिमा अक्षता र फूल चढाउन रोक लगाइएको बताए ।

    आइतवार, आश्विन १७ २०७८०९:२२:३०

    डेमो खबर

    सम्बन्धित समाचार