images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

भारी वर्षाको सम्भावना

भारी वर्षाको सम्भावना

सोमवार, आश्विन ४ २०७८

  • 857
    SHARES

  • भारी वर्षाको सम्भावना

    काठमाडौँ, असोज ।मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको छ ।

    महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन । चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    सोमवार, आश्विन ४ २०७८१२:२४:१६

    डेमो खबर

    सम्बन्धित समाचार