images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

प्रतिनिधि सभा बैठक बस्दै : "कार्यसूचीमा बजेट प्रतिस्थापन विधेयक "

प्रतिनिधि सभा बैठक बस्दै : "कार्यसूचीमा बजेट प्रतिस्थापन विधेयक "

सोमवार, आश्विन ४ २०७८

  • 653
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै :   "कार्यसूचीमा बजेट प्रतिस्थापन विधेयक "

    काठमाडौं, असोज। भदौ २९ गतेदेखि स्थगित भएको प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । हठात एमालेको अवरोधका नाममा स्थगित गरिएको प्रतिनिधिसभा बैठक ६ दिनपछि बिहान ११ बजे बस्न लागेको हो । बजेट विधेयकसमेत पारित नगरी बैठक स्थगित गरिँदा भदौ ३१ गतेदेखि सरकारले सरकारी एक पैसा पनि खर्च गर्न पाएको छैन ।

    त्यसयता शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचनामात्र भएन पहिलो पटक नेपालमा बजेट होलिडे भयो । त्यसपछि अवरोध गर्दै आएको एमालेले दोष सरकारलाई लगायो । एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

    उसले १४ जना कारबाही भएका सांसदहरु (जसले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरे) लाई संसदले पनि कारबाही नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।

    सोही कारणले गर्दा एमाले र कारबाही गर्न नपर्ने भनी संसद अगाडि बढाएका सभामुख अग्नि सापकोटाबीच सम्बन्ध चिसिएको छ । एमालेले सापकोटालाई नै कारबाही गर्नुपर्ने भनिरहेको छ । उसले कि त सांसदलाई कारबाही गरिएको सूचना टाँस गर्न वा नगर्ने भए पदबाट राजीनामा दिन माग गरेको छ ।

    सहमति खोज्नका लागि सभामुखले बोलाएको सर्वदलीय बैठक नै एमालेले बहिस्कार गरेको थियो । सोमबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको भए पनि एमालेले कसरी रणनीति बनाउँछ भन्ने बताएको छैन ।संसद स्थगित भएपछिको बीचको समयमा कुनै छलफल नभएकाले यसरी नै संसद अगाडि बढ्छ भन्ने छैन ।

    तर विभिन्न सूत्रहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका शीर्ष तहका नेताहरु (अध्यक्ष केपी शर्मा ओलीसहित) सँग भने परामर्श गरेको बुझिएको छ । कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्नुपर्ने परिस्थितिले पनि गठबन्धनमा समस्या देखिएको बुझिन्छ । सोही कारणले अहिलेसम्म मन्त्रिपरिषद्स मेत विस्तार हुन सकेको छैन ।

    सोमवार, आश्विन ४ २०७८११:२०:४५

    डेमो खबर

    सम्बन्धित समाचार