images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

प्रदेश २ सरकार “नो मास्क नो सर्भिस”: अभियान चलाउँदै

प्रदेश २ सरकार “नो मास्क नो सर्भिस”: अभियान चलाउँदै

सोमवार, भाद्र २८ २०७८

  • 701
    SHARES

  • प्रदेश २ सरकार “नो मास्क नो सर्भिस”: अभियान चलाउँदै

    जनकपुरधाम, भदौ । प्रदेश २ सरकारले कोरोना माहामारीबिरुद्ध सचेतना अभियान अन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

    कोभिड १९ को संक्रमितको संख्यामा कमी आए लगत्तै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचेक्याई गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयमा उक्त अभियान चलाउने निर्णय गरेको छ ।सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चार माध्यममार्फत विज्ञापन प्रसारण प्रकाशन गराउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव लगायतका सचिवसहित सरोकारवालाको सहभागिता रहेको थियो ।

    सोमवार, भाद्र २८ २०७८०९:४६:३६

    डेमो खबर

    सम्बन्धित समाचार