images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

धरान : वीपी जयन्ती मनाईयो

धरान : वीपी जयन्ती मनाईयो

बिहिवार, भाद्र २४ २०७८

  • 2.8K
    SHARES

  • धरान : वीपी जयन्ती मनाईयो


    धरान, भदौ ।  १०८ औँ वीपी जन्मजयन्ती धरानमा विभिन्न कार्यक्रम  गरी मनाएको छ । धरान १३ स्थित वीपी पार्कमा बिहिबार नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा उहाँको पूर्णकदमा  शालिकमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरियो । 
    प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, सुनसरी क्षेत्र नं. १ का सभापति शुरेसमान श्रेष्ठ, कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङलगायत नेताले महामानव वीपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए । 
    कार्यक्रममा नेताले वि. सं. १९७१ भदौ २४ मा जन्मिएका कोइराला क्रान्ति द्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी नेताको रुपमा स्थापित हुनुभएको बताए । 
    सो अवसरमा सहभागीले  कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष जेल जीवन बिताएको विषयमा पनि चर्चा  गरेका थिए । 

    बिहिवार, भाद्र २४ २०७८०८:४७:११

    डेमो खबर

    सम्बन्धित समाचार