images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

सारा अली खानले भनिन्,अमृता र सैफको सम्बन्धविच्छेदको फैसला सही थियो

सारा अली खानले भनिन्,अमृता र सैफको सम्बन्धविच्छेदको फैसला सही थियो

आइतवार, श्रावण २४ २०७८

  • 1.8K
    SHARES

  • सारा अली खानले भनिन्,अमृता र सैफको सम्बन्धविच्छेदको फैसला सही थियो

    काठमाडौं, साउन । बलिउडको चर्चित जोडीको रुपमा रहेको अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानको विवाह सन् १९९१ मा भएको थियो ।

    विवाहको धेरै वर्षपछि सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । उनीहरुको सम्बन्धविच्छेदपछि उनीहरुका दुई सन्तान सारा अली खान र इब्राहिम अमृताको हेरचाहमा रहने निर्णय भयो । यद्यपि, सैफ पनि छोराछोरीसँग नियमित सम्पर्कमा रहन्थे । उनीहरुकी छोरी सारा अली खान पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले सिंबाकेदारनाथ, जस्ता थुप्रै फिल्महरु खेलेकी छन् । उनी उनकी कान्छी आमा अभिनेत्री करीना कपूरसँग पनि निकै नजिक छिन् ।

    उनले एक अन्तरवार्तामा सैफ र अमृताको सम्बन्धविच्छेदको निर्णय सही भएको बताएकी छन् । उनले आफ्नो माता र पिताको बिग्रिएको सम्बन्धको बारेमा भनिन्,जब दुई वटामात्रै बाटो हुन्छ । एउटा एक साथ रहने र कोही पनि खुशी नहुनु र अर्को छुट्टिएर आफ्नो आफ्नो जीवनमा खुशी हुने । र भेट भएको समयमा छुट्टै माया पाउनु निकै विशेष हुन्छ ।उनले अगाडि भनिन्, म आफ्नी आमासँग रहन्छु । उनी मेरी सबैभन्दा मिल्ने साथी हुन् । अनि बुबा सधैँ फोनमा मेरो साथमा हुनुहुन्छ । म जतिबेला चाह्यो त्यही समय भेट्न सक्छु । मलाई थाहा छ मेरो आमा र बुबा एकसाथ खुशी थिएनन् । मलाई लाग्छ त्यो बेला उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय गर्नु निकै सही थियो । हामी पहिले यति खुशी थिएनौँ । त्यसैले सबैकुरा कुनै न कुनै कारणले नै हुन्छ ।

    आइतवार, श्रावण २४ २०७८०९:५९:३८

    डेमो खबर

    सम्बन्धित समाचार