images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

प्रम देउवालाई कोरियाली राष्ट्रपतिको बधाई : 'मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन उत्सुक '

प्रम देउवालाई कोरियाली राष्ट्रपतिको बधाई : 'मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन उत्सुक '

शुक्रवार, श्रावण १५ २०७८

  • 1.3K
    SHARES

  • प्रम देउवालाई कोरियाली राष्ट्रपतिको बधाई  :  'मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन  उत्सुक '

    काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
    परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले शुक्रबार हस्तान्तरण गरेका हुन् ।

    बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताए । यस्तै कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नेबारेमा प्रधानमन्त्रीले विचार विमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    शुक्रबारै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच पारस्परिक हितका विषयसहित कोभिड–१९ विरुद्धको सहयोग  एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    शुक्रवार, श्रावण १५ २०७८०७:५३:५७

    डेमो खबर

    सम्बन्धित समाचार