images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

काठमाडौं उपत्यकामा ८१९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ८१९ जनामा कोरोना संक्रमण

शुक्रवार, श्रावण १५ २०७८

  • 1.5K
    SHARES

  • काठमाडौं उपत्यकामा ८१९ जनामा कोरोना संक्रमण

    काठमाडौं, साउन । काठमाडौं उपत्यकामा थप आठ सय १९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा संक्रमण भएको हो।
    काठमाडौंका ५५६, ललितपुरका १८७ र भक्तपुरका ७६ जना छन्। अहिले उपत्यकामा ८ हजार ५०१ जना सक्रिय संक्रमित छन्।
    काठमाडौंमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन्।
    पछिल्लो २४ घण्टामा नेपालभर १४ हजार ६६१ जनाको नमूना परीक्षण गर्दा ३६११ जना संख्याका संक्रमित थपिएका हुन्।
    थप २७ जनाको मृत्यु पुष्टि भएको छ। हालसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।
    पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन्।
    मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये निको हुनेको दर ९४।१ प्रतिशत छ। 

     

    शुक्रवार, श्रावण १५ २०७८०७:२०:५२

    डेमो खबर

    सम्बन्धित समाचार