images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images
नेपालको राजनीति बिचलन 

सत्ता परिवर्तन र शक्तिको खेल :  “ अमेरिकी र चीनबीचको अघोषित लडाइँ”

सत्ता परिवर्तन र शक्तिको खेल :  “ अमेरिकी र चीनबीचको अघोषित लडाइँ”

बिहिवार, श्रावण १४ २०७८

  • 2.0K
    SHARES

  • सत्ता परिवर्तन र शक्तिको खेल :  “ अमेरिकी र  चीनबीचको  अघोषित लडाइँ”

     


    काठमाडौं, साउन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बिभाजन र एमाले भित्रको बिबाद चर्किरहेको छ । यसैबीचमा नेपालका  राजनीतिक दललाई  चिनियाँ  र अमेरिकी  दवाव थेग्नै नसक्ने छ । चिनियाँ  राजदूत हौ यान्छी र अमेरिकी  राजदूत  नेपालका राजनीतिक दलका शीर्ष नेतासँग बेग्ला बैग्लै भेट र  आफ्ना एजेण्डा कार्यान्वयनमा  दबाब  दिईरहेका छन । 
    अमेरिकी एजेण्डा भने नयाँ सरकारको गठनसँगै एमसीसी पास गराउन लागीपरेको छ भने चीन भने पास हुन नदिने पक्षमा लविंग गरिरहेको छ । 
    चीनको भनाई छ,  एमसीस िपास भएपछि नेपालमा अमेरिकी सेना आउने र चीनलाई सुरक्षा अतरा बढ्ने जिकीर छ ।  बालुवाटार स्रोतका अनुसार, एमसीसी पास गर्ने दबाब प्रधानमन्त्रीमाथि निकै  परेको  छ ।  यी दुई देशको  सक्रियता रराजदूतहरुको भेटघाट सामान्य  होइन । र, यो नेपालको राजनीतिक  बिबाद  मात्र होइन । र नेपालको माया अथवा एउटालाई सत्ताबाट हटाउने र ल्याउने मात्र खेल  र  गरिएको बिबाद होइन ।
    स्रोतका अनुसार, पश्चिमा अर्थात अमेरिका तथा युरोपियन नेपालमा आफ्नो अनुकुल सरकार बनाउने तथा एमसीसी पास गराएर यहाँभित्र प्रभूत्व जमाउने र नेपाल बसेर चीनलाइ कमजोर बनाउने खेल हो  भनेर नेपालको राजनीतिक बृत्तले बुझेको छ । र यहाँ एउटा समूह समातेर परिवर्तनको खेल खेलेका छन भने चीनले पश्चिमाको त्यो खेल  रोक्ने अर्थात इच्छा पूरा हुन नदिने ने प्रतिष्पर्धा हो ।
    समग्रमा अहिले नेपालमा बिदेशी कुनचाहि शक्ति हावी हुने भन्ने प्रतिष्पर्धा मात्र रहेको छ । यी विश्वका दुइ पक्षले दुईवटा गुटलाई लडाएका छन । यसो सरसर्ती हेर्दा यो विश्वका दुई ठूला शत्तिबीचको लडाई साबित भएको बिश्लेषकले ब्याख्या गरेका छन ।
    स्रोतका अनुसार समग्रमा अहिलेको सरकार परिवर्तनको वास्तविक खेल भने उत्तर र पश्चिमा देशबीच नेपाल तथा नेपालको राजनीति आफ्नो पक्षको बनाउने मात्र रहेको छ । र सँधै यसमा आफ्नो प्रभाव कायम राख्न चाहने भारत भने केही ‘न्युट्रल’ अवस्थामा बसेको छ । भारतले अहिले आफ्नो कुनै सहभागिता देखाएको छैन र चासो पनि त्यति लिएको देखिदैन ।
    यसलाई लिएर अमेरिका  भारतलाई पनि साथ लिएर जाने वातावरण बनाउन अहिले अमेरिकी बिदेश मन्त्री भारतको भ्रमणमा छन । र, नेपाल हेर्ने अमेरिका र भारतको समान दृष्टिकोण  बनाउन छलफलमा छन ।

    बिहिवार, श्रावण १४ २०७८०९:१५:५९

    डेमोखबर बिशेष

    सम्बन्धित समाचार