Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

अध्यक्ष ठाकुरको आग्रह : 'जसपाका मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह'

अध्यक्ष ठाकुरको आग्रह : 'जसपाका मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह'

बुधवार, श्रावण ६ २०७८

  • 577
    SHARES

  • अध्यक्ष  ठाकुरको आग्रह :   'जसपाका मुद्दा सम्बोधन गर्न  प्रधानमन्त्रीलाई आग्रह'

    काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाए अनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

    प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए ।

    यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।

    जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरीलगायतका बन्दी रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।

    बुधवार, श्रावण ६ २०७८०९:५९:४९

    डेमो खबर

    सम्बन्धित समाचार