Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाने खोप लिन

नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाने खोप लिन

बुधवार, श्रावण ६ २०७८

  • 761
    SHARES

  • नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाने खोप लिन

    काठमाडौं, साउन । कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिए।

    उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताए।
    लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाए।

    त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ।

    सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।
    सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन।

    सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ।

     

    बुधवार, श्रावण ६ २०७८०६:४९:५०

    डेमो खबर

    सम्बन्धित समाचार