Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images
आज ३९ औँ वी पी स्मृति दिवस "

वीपीको आदर्शलाई सम्झने दिन  : 'नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै' 

वीपीको आदर्शलाई सम्झने दिन  : 'नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै' 

बुधवार, श्रावण ६ २०७८

  • 1.1K
    SHARES

  • वीपीको आदर्शलाई सम्झने दिन  : 'नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै' 

     

    काठमाडौं, साउन । वीपी कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला । नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम । वीपी कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण ।

    उनै नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस पार्टी तथा उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । 

    यसपाली पनि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले वीपी कोइरालालाई साउन ६ गतेको अवसर पारेर सम्झिदै छन् ।कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । कोइराला २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

    तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

    वीपीको मेलमिलापको नीतिबारे काँग्रेस मात्र होइन कम्युनिष्टले पनि सान्दर्भिक भन्दै आएका छन् । पार्टीबीच मेल नभइ देश विकास हुन्न भन्ने थाहा भए पनि अवसरका लागि जुट्ने र अन्य बेलामा आपसमा द्धन्द्ध बढाइरहने परम्परा यद्यपि छ । 

    अर्थात् वीपीलाई हरेक दलले सम्झने गर्छन् । जतिबेला एकताका लागि पहल भइरहन्छ त्यतिबेला सबै दलले वीपीको नाम उच्चारण गरेरै एकताको प्रयास थाल्ने गरेका छन् । त्यसबाहेक वीपीको आदर्श र समाजवादको नीतिलाई अहिलेको कांग्रेस नेतृत्वले समेत भुल्दै गएको आरोप लाग्ने गरेको छ । 

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘वीपी कोइरालाले एउटा युगलाई परिवर्तन गर्नुभयो । उहाँले जुन क्रान्ति गर्नुभयो उहाँको आन्दोलनमा अहिले पनि हामी लडिरहेका छौं ।’ उनी अहिलेको नेतृत्वले वीपीको आदर्शलाई भुल्दै गएको आरोप लगाउँछन् । 

    वीपी त्यस्ता नेता हुन् जसका कुनै पनि खोँट कसैले देखेका छैनन् । कसैले पनि उनको अहिलेसम्म कुनै पनि निर्णयमा आलोचना गरेका छैनन् । अर्थात् उनी दूरदर्शी नेता थिए भन्ने प्रमाण पनि हो ।  साहित्यकारसमेत रहेका वीपीको यौन मनोवादप्रति ठूलाठूला साहित्यकार पनि नतमस्तक हुने गरेका छन् । 

    के गर्दैछ कांग्रेसले वीपी स्मृति दिवसमा  ?
    सत्तामा रहेको नेपाली कांग्रेसले बुधबार ७७ वटै जिल्लामा कार्यक्रम गर्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका ७७ वटै जिल्ला कार्यालयको आयोजनामा वीपी स्मृति दिवस मनाइँदैछ । 

    र्याली, सभा, गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रमहरु गरिन लागेको हो । 

    यता, काठमाडौंमा केन्द्रीय प्रचारप्रसार विभागले गर्ने कार्यक्रममा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने पौडेलले बताए । 

     

    बुधवार, श्रावण ६ २०७८०९:२५:०५

    डेमो खबर

    सम्बन्धित समाचार