Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

पछिल्लो २४ घण्टा : ' २ हजार २०२ मा कोरोना संक्रमण, थप २५ को मृत्यु'

पछिल्लो २४ घण्टा : ' २ हजार २०२ मा कोरोना संक्रमण, थप २५ को मृत्यु'

मंगलवार, श्रावण ५ २०७८

  • 921
    SHARES

  • पछिल्लो २४ घण्टा  :  ' २ हजार २०२ मा कोरोना  संक्रमण, थप २५ को मृत्यु'

    काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २०२ मा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार २०२ मा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २९९ परीक्षणबाट ९०६ मा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १३५ परीक्षणमा ३ हजार १०८ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ संक्रमणमुक्त भएका छन् ।

    हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

    हालसम्म देशभर ३४ लाख ८६ हजार ३५४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३२६ रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ४१९ रहेको छ ।

    यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ५३१, ललितपुर १४७ र भक्तपुरमा ४१ मा संक्रमण देखिएका हुन् ।

    यस्तै देशभर आईसीयूमा ५९२ र भेन्टिलेटरमा १७२ संक्रमितको उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।

    मंगलवार, श्रावण ५ २०७८०७:४६:११

    डेमो खबर

    सम्बन्धित समाचार