Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै : यी हुन् खोप केन्द्र

जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै : यी हुन् खोप केन्द्र

सोमवार, श्रावण ४ २०७८

  • 781
    SHARES

  • जोन्सन एण्ड जोन्सनको कोरोना खोप आजबाट लगाइँदै :  यी हुन् खोप केन्द्र

    काठमाडौं, साउन। अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ ।

    खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

    यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

    काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

    सोमवार, श्रावण ४ २०७८१०:१४:२७

    डेमो खबर

    सम्बन्धित समाचार