images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

सर्वोच्चले भन्यो : 'धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन'

सर्वोच्चले भन्यो : 'धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन'

सोमवार, आषाढ २८ २०७८

  • 1.6K
    SHARES

  • सर्वोच्चले भन्यो :  'धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन'

    काठमाडौं, असार । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

    सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया शुरु गरेपछि शेरबहादुर देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका गरी १४६ सांसदले प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

    सर्वोच्चको फैसला अनुसार अब देउवालाई समर्थन गर्ने एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले संसदमा देउवालाई विश्वासको मत दिन चाहे एमाले संसदीय दलको ह्वीप नलाग्ने भएको छ ।

    सोमवार, आषाढ २८ २०७८०२:२४:४४

    डेमो खबर

    सम्बन्धित समाचार