Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

कोपा अमेरिका : 'मेस्सीलाई सर्वाधिक ठूलो सफलता, अर्जेन्टिना विजयी '

कोपा अमेरिका : 'मेस्सीलाई सर्वाधिक ठूलो सफलता, अर्जेन्टिना विजयी '

आइतवार, आषाढ २७ २०७८

  • 1.2K
    SHARES

  • कोपा अमेरिका : 'मेस्सीलाई सर्वाधिक ठूलो सफलता, अर्जेन्टिना विजयी  '

    काठमाडौं, असार ।  कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान ब्रजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा भएको फाइनलमा आयोजक ब्रजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

    अर्जेन्टिना १–० गोल अन्तरले विजयी भयो । अर्जेन्टिनालाई विजयी गराउन खेलको २२ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । मारियाले रोड्रिगो डे पलको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

     

    र्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि पहिलो पटक जितेको हो ।  अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण उपाधि रहेको छ । 

    ६ पटकका बालोन डे ओर विजेता मेस्सीले देशका लागि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जिते बाहेक कुनै पनि महत्वपूर्ण उपाधि दिलाएका थिएनन् । 

    करियरको उत्तरार्धमा आएका मेस्सीले देशलाई ठूलो उपाधि दिलाएका हुन् । उनले छैटौं पटक कोपा अमेरिका खेलेका छन् । चार पटक विश्वकप खेलिसकेका छन् ।

    ब्रजिल भने घरमै पराजित भएको छ । ब्रजिलका लागि नेयमारले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । योसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा उरुग्वेसँग बराबरी १५–१५ उपाधि जितेको छ । 

    ब्रजिलले भने ९ पटकमात्र कोपा अमेरिका जितेको छ । सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना र पेरुलाई हराउँदै ब्रजिल फाइनलमा पुगेको थियो । 

    तेस्रो स्थान भने कोलम्बियाले ओगटेको छ । शनिबार भएको खेलमा बोलम्बियाले पेरुलाई ३–२ गोल अन्तरले हराएको हो । 

    आइतवार, आषाढ २७ २०७८०९:४२:२४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार