Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

भारतीय मेगास्टार दिलीप कुमारको निधन

भारतीय मेगास्टार दिलीप कुमारको निधन

बुधवार, आषाढ २३ २०७८

  • 1.4K
    SHARES

  • भारतीय मेगास्टार दिलीप कुमारको निधन

    काठमाडौं,  असार । । भारतीय मेगास्टार दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको एक अस्पतालमा बिहान साढे सात बजेतिर उनको निधन भएको हो ।मेगास्टार दिलीप कुमारको निधनले भारतीय सिनेमा जगत एक युग समाप्त भएको छ ।

    उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, थुप्रै मुख्यमन्त्रीलगायतले शोक व्यक्त गरेका छन् बलिउडमा एक भन्दा अर्को लोकप्रिय चलचित्र दिँदै आएका अभिनेता दिलीप कुमारले सन् १९६२ मा सार्वजनिक भएको लरेन्स अफ अरेबिया हलिउड चलचित्रलाई रिजेक्ट अर्थात अस्वीकार गरेका थिए ।
    डेबिड लिन निर्देशक एवं निर्माता रहेको फिल्ममा अनुबन्ध गर्नका लागि डेबिडले नै भारतीय अभिनेता दिलीप कुमारसँग कुरा गरेका थिए ।

    उनले यो चलचत्रिमा आफू बाहिरी व्यक्ति देखिने भएको भन्दै अस्वीकार गरेको बताइएको छ । यो भन्दा अर्को खास कुरा उनलाई हलिउडमा प्रवेश गर्ने कुनै रुची नै नभएको समेत बताइन्छ ।
    पछि लरेन्स अफ अरेबिया चलचित्रले विभिन्न विधामा सात ओस्कार अवार्ड जितेको थियो । मुगल ए अजम, राज कपुर, सौदागार, देवदास, कर्मा, मधुमति, अमर जस्ता दजर्नौं सुपरहिट बलिउड चलचित्र दिलीप कुमारले खेलेका थिए ।

     

    बुधवार, आषाढ २३ २०७८०३:५४:१७

    डेमो खबर

    सम्बन्धित समाचार