images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

महेन्द्रका अपराध ! " महेन्द्रलाई बुझ्ने प्रयास नै भएन "

महेन्द्रका अपराध ! " महेन्द्रलाई बुझ्ने प्रयास नै भएन "

बुधवार, आषाढ ९ २०७८

  • 2.6K
    SHARES

  • महेन्द्रका अपराध ! " महेन्द्रलाई बुझ्ने प्रयास नै भएन "


    युवराज गौतम
    राजतन्त्र विरोधीले राजा महेन्द्रलाई ‘अपराधी’ मान्ने गरेका छन् । नवीन पुस्ताका युवामध्ये धेरैलाई उनका बारेमा उतिसारो ज्ञान छैन । सर्प नपाइने देश भनेर चिनिएको आइसल्यान्डमा गोमनहरू प्रशस्त घुमिरहन्छन् भनेर सुनाइयो भने त्यहाँको विषयमा केही नबुझेकाले पत्याउँछन् । तसर्थ वस्तुपरक मूल्यांकन गर्न सूक्ष्म अध्ययन गर्नैपर्छ ।  
    राजा त्रिभुवनको देहावसानपछि राजा भएका महेन्द्रका अगाडि हजाराँै समस्याको थुप्रो थियो । पाकिस्तान फुटाएर बंगलादेश बनाएको भारतले दक्षिण एसियाको कान्छो राष्ट्र बंगलादेशलाई आफ्नै गोजीमा राख्ने ‘बगलीदेश’ बनायो । त्यसको योजनाकार थिए– भारतको गुप्तचर संस्था रअका प्रमुख रामेश्वरनाथ काओ नामका काश्मीरी बाहुन।  
    राजा महेन्द्रलाई ठूलो पीर थपियो । ब्रिटेनमा मुटुको उपचार गरेर फर्किएका राजालाई तनाव बढ्दा त्यसको दुष्प्रभाव मुटुमा पर्ने नै भयो । अहोरात्र नेपाल र नेपालीको उत्थानका लागि सोचिरहने, केही गरिरहने राजा २४  घन्टामा चार÷पाँच घन्टा मात्र आराम गरेर काम गर्थे । राष्ट्र सुरक्षित, सवल र सुवासमय बनोस् भन्ने सदाशयले उनले राष्ट्रियताका पक्षमा जनलहर ल्याए । यो उनको प्रथम अपराध थियो ।
    महेन्द्रसँग नजिकै बसेर काम गरेका कैयनलाई भेटेर अन्तर्वार्ता लिएको छु । दुई केजी चारसय ग्राम तौल भएको वीरेन्द्र स्मृति ग्रन्थ सम्पादन गर्दा १६० जति लेखकले वीरेन्द्रको व्यक्तित्वबारे बोलेका, लेखेका कुरा छापिएका छन् त्यसमा । वीरेन्द्रको चर्चा हुँदा धेरैले उनको जीवनमा पिताको ठूलो छाप परेको बताएका छन् । 
    महेन्द्रका छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रलाई भेट्ने अवसर पाएँ मैले । बाहिर हल्ला गरिए जस्तो कुरा उनीहरूको मन, वचन र कर्ममा देखिएन । गद्दी त्यागेपछि मौन धारण गरेर बसेका राजा महेन्द्रका माहिला छोराले पंक्तिकारसँग भनेका थिए– ‘नेपाल सुरक्षित रहोस् भन्नेबाहेक मेरो कुनै स्वार्थ छैन ।’ झण्डै डेढ घन्टा दाजुभाइ जस्तै सरल, सहज र सहृदयी वातावरणमा सम्वाद भयो । उनले कसैलाई पनि नराम्रा शब्द (अपशब्द) प्रयोग गरेनन् । संस्कार भनेको विपत्तीमा नआत्तिने र सम्पत्तिमा नमात्तिने विद्या रहेछ ।
    राजा महेन्द्रको विषयमा अध्ययन गर्दा धेरैले ‘पृथ्वीनारायण शाहपछि महेन्द्र नै हुन’ भनेका पाइन्छ । कैयन् राजा अल्पायुमै बिते । कैयन्को ढंग पुगेन । कैयन् त १०४ वर्षसम्म राणा शासनको खटन पटनमा बसे । ती बन्दी राजाका बारेमा टिप्पणी गर्दा त्यो कालखण्ड अध्ययन गर्नुपर्ने हुन्छ । सुनेका भरमा सतही विश्लेषण गर्दा गलत पनि बुझ्न सकिन्छ ।
    मेरा पिताजी भगीरथ गौतम २००७ सालको क्रान्तिमा मातृकाप्रसाद र विश्वेश्वरप्रसाद कोइरालाको योजनामा झापा–इलाममा सक्रिय हुनुभयो । नरेन्द्रनाथ बास्तोला मेची क्षेत्रका कमान्डर हुनुहुन्यो । बास्तोला ‘अभिभावक’ र हितैषी हुनुहुन्थ्यो उहाँको । पुराना थोत्रा बाकसमा बुबाको संकलनमा रहेका केही पुस्तक पढेँ मैले, कक्षा चारमै छँदा । केही डायरी भेटेँ । म दुई वर्षको छँदा भारतमा निर्वासित जीवन बिताउन थालेका पिताजीले राम्रा अक्षरमा लेख्नुभएको ‘हाम्रो देशभक्ति’ शीर्षकको लेख पढेँ । पितासँग भेट भएन जीवनमा । 
    धन कमाउन ध्यान दिनुभएन उहाँले । ५० वर्षमै बित्नुभयो । उहाँका शब्दले मलाई स्पर्श ग¥यो । ‘राजा महेन्द्र छन्, त्यसैले नेपाल रक्षित छ’ लेख्नभएको रहेछ, मेरा कांग्रेसी बाबुले । ऊबेला संवैधानिक राजतन्त्र र प्रजातन्त्र मान्थ्यो कांग्रेस । राजा महेन्द्र र बिपी कोइरालाबीच केही वर्ष मतभिन्नता भयो तर कोइरालाले नेपालमा राजतन्त्रको विकल्प खोज्नु हुँदैन भन्दै कार्यकर्तालाई सम्झाइरहने । ‘बिपीको आत्मवृत्तान्त’ पढ्दा अझ स्पष्ट हुन सकिन्छ । सुरुका केही वर्ष बिपीले भूल गरे । महेन्द्रका पनि भूल भेटिन्छन् । दुवै युवक भएकाले ‘खेल्ने भए खेल्ने’ भने होलान् । पछि दुवैले बुझे । महेन्द्रका पचासौँ प्रियपात्र थिए, नजिक बसेर गुप्त काम गर्ने । तीमध्येका एक दमनराज तुलाधरले आत्मकथामा महेन्द्रका बारेमा केही महत्वपूर्ण कुरा उल्लेख गरेका छन् ।
    उनी लेख्छन, – ‘म परराष्ट्र मन्त्रालयमा हाजीर भएको एक हप्ता जतिमा परराष्ट्र सचिवलाई श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवको दर्शनभेट गर्ने अवसर प्राप्त भयो । म पनि सचिवका साथमा राजदरवारमा हाजिर भएँ । हामीले मौसुफ सरकारको अफिसमा एकान्त–दर्शन पाएका थियौँ । कुराका सिलसिलामा मौसुफबाट हुकुम भयो– ‘म तिमीहरूलाई तीनवटा काम गर्न निर्देशन दिन्छु । पहिलो, विश्वका साना–ठूला र नजिक–टाढाका जतिसक्दो बढी राष्ट्रसँग दौत्य सम्बन्ध कायम गर्नु । 
    नेपालका दिल्ली परस्तहरूमार्फत राजा महेन्द्र अपराधी हुन् भन्ने दुष्प्रचार गरियो । महेन्द्रले गरेका सत्कर्महरू छोपिदिने हो भने के÷के बाँकी रहन्छ भन्दै सिपी मैनाली, नारायणमान विजुक्छेलगायत धेरैले प्रशंसा गरेका छन् । अब त राष्ट्रको पूर्ण सदस्यता प्राप्त भएकाले पनि यस दिशामा दरिलो कदम चाल्नुपर्ने आवश्यकता भयो । 
    दोस्रो कुरा, प्रजातन्त्र आएपछि भारतसँग जे÷जति महत्वपूर्ण कुरा भए, ती सबै मन्त्रीको र भारतीय अधिकारीका बीचमा मौखिक विचार आदान–प्रदानबाटै भएको थियो भन्ने मैले सुनेको छु । मिलिटरी मिसन काठमाडौँ पठाउने, त्रिभुवन राजपथ निर्माण गर्ने, हाम्रो तिब्बतसँगको सिमानामा भारतीय सैनिक चौकी राख्ने जस्ता काम कुनै लेखापढी नै नभइकन निर्माण गरिएको जस्तो लाग्छ ।  आइन्दा तिमीहरू यस्ता विषयमा खुप सतर्क हुनू । व्यक्तिगत भेटघाटमा जुनसुकै कुरामा निर्णय भए पनि त्यसलाई पछिबाट लिखित पत्रको आदान–प्रदानद्वारा औपचारिकता दिने व्यवस्था मिलाउनू । 
    तेस्रो कुरा, असम्बन्धित मन्त्रीले ककटेल–डिनर खाएर अनौपचारिक कुराकानी गर्दा पनि परराष्ट्र विषयलाई लिएर गैरजिम्मेवारी कुरा गरेर हिँड्छन् भन्ने मैले पनि थाहा पाएको छु । परराष्ट्र विषयमा कुराकानी, लेखापढी गर्ने एकाधिकार मैले परराष्ट्र मन्त्रालयलाई सुम्पेको छु । तिमीहरूको यस अधिकारमा कतैबाट अतिक्रमण नहोस् भन्नेमा तिमीहरू सतर्क रहनू । कतैबाट अतिक्रमण भयो भने दरिलोरूपले विरोध गर्नू ।’ (दमनराज तुलाधर, आत्मकथा, पृष्ठ १६८÷१६९)
    नेपालमा आउने विदेशी पर्यटकहरू कहाँबाट आए, कति दिन बस्छन् भन्ने अभिलेख भारतीय राजदूताबासलाई बुझाउनु पर्दोरहेछ, राजा त्रिभुवनका पालामा । राजा महन्द्रले त्यो प्रचलन हटाए । टंकप्रसाद आचार्यका पालामा परराष्ट्र मन्त्रालय सम्हालेका चूडाप्रसाद शर्मा (ढुंगाना) का छोरा मुकुन्दले पंक्तिकारलाई सु्नाएका थिए, राजा महेन्द्रको निर्देशन अनुसार चूडाप्रसाद शर्माले संयुक्त राष्ट्र संघको महासभामा ‘नेपाल, चीन र भारतबीचमा अवस्थित कहिले पराधीन नभएको गरिमामय राष्ट्र हो’ भन्दा धेरै जना चकित भएछन् । धेरैले त नेपाल र नेपल्स (इटलीको भूभाग एउटै ठानेका रहेछन् । कतिलाई भारतकै प्रान्त भन्ने लागेको रहेछ ।
    मेची–महाकाली मात्र होइन, केही राष्ट्रमा बसेका इमानदार, योग्य र स्वाभिमानीलाई योग्यता अनुसार जिम्मेवारी दिए । जयस्थिति मल्ललाई न्याय कानुनमा सघाउने तराईका मिश्र, झालगायतका मैथिली–ब्राह्मणहरूका सन्तान र हिमाल–पहाड र तराईका योग्य मानिस छानेर महेन्द्रले राजकाज चलाए । माओले चीनमा सांस्कृतिक क्रान्ति चलाएका बेला रणधीर सुब्बालाई राजदूत बनाएर पठाए । सुब्बा भन्थे– महेन्द्र सरकार विनोदप्रिय होइबक्सन्थ्यो । चीन पठाउँदा मलाई हुकुमभयो, माओसँग तिम्रो तालमेल मिल्छ । तिम्रो जस्तै माओको पनि दाह्री जुँगा छैन । नेप्टो नाक र चिम्सा आँखा पनि मिल्छ । जेठा बा र कान्छा बाका छोराहरू भनेर चाइनिजहरू झुक्किएलान् है रणधीर ।
    रणधीर मात्र दक्षिण एसियाका यस्ता राजदूत भए जोसँगै बसेर यदाकदा माओको भान्सामा खाना खान्थे। कालिम्पोङ (दार्जिलिङ) सहरमा हुर्केका ती पाँचथरे लिम्बू स्पष्ट वक्ता थिए । बत्तीसपुतलीस्थित निवासमा माओसँग खिचेका तस्बिरहरू देखाउँदा उनी पुराना कुरा सम्झन्थे– हाओ युवराज भाइ, हरेक भेटमा माओले राजा महेन्द्रका बारेमा सोधिबस्थे । अरूसँग औचारिक कुरा मात्र गर्ने, थोर बोल्ने, धेरै सोचेर बोल्ने माओले महेन्द्रलाई साम्राज्यवाद र विस्तारवादका विरोधी र प्रबल राष्ट्रवादी ठान्थे । चीनले राम्रो मद्दत गर्न थालेपछि नेपाललाई सिक्किम झैं क्वाप्प पार्न चाहने भारत पनि सतर्क भयो ।
    चीनका नेता मार्सल चेन यी रिसाहा थिए । उनले नेपालमाथि कुदृष्टि राखेमा आँखा फुटाइदिने, हातगोडा भाँचिदिने धम्की दिए। चीनले नेपालको सार्वभौमसत्तामाथि कदापि कुदृष्टि राखेन । नेपालका दिल्ली परस्तहरूमार्फत राजा महेन्द्र अपराधी हुन् भन्ने दुष्प्रचार गरियो । महेन्द्रले गरेका सत्कर्महरू छोपिदिने हो भने के÷के बाँकी रहन्छ भन्दै सिपी मैनाली, नारायणमान विजुक्छेलगायत धेरैले प्रशंसा गरेका छन्।

    महेन्द्रले ‘नेपाल स्वतन्त्र राष्ट्र हो’ भन्ने सन्देश दिन ५३ राष्ट्रसँग कूटनीतिक सम्बन्ध गाँसेका र आत्मनिर्णयको अधिकार नेपालमै रहन्छ, रहनुपर्छ भनेको भारतलाई मन परेन। दमनराज तुलाधरले पुस्तकमा लेखेका छन, – सोभियत संघसँग दौत्य सम्बन्ध राख्दा नेपालस्थित भारतीय राजदूत भगवान सहायले आपत्ति जनाएका थिए । प्रधानमन्त्रीको हस्ताक्षर भएको पत्र पढेपछि भारतीय दूतले प्रधानमन्त्रीलाई भेटेर पाकिस्तानसँग नेपालले ‘दोस्ती’ नगरोस् भन्ने मात्र भारतको आशय रहेको जनाउँदै क्षमा मागेछन् ।
    गृह, अर्थ, राष्ट्रिय सुरक्षा, परराष्ट्र, शिक्षा, स्वास्थ्य, यातायातलगायतका विषयमा महेन्द्रको धारणा प्रष्ट थियो । विदेशी दाना खाने केहीले महेन्द्रले नेपाल ध्वस्त पारे भन्ने गरेका छन् । झण्डै छत्तीस वर्षअघिदेखि पत्रकारितामा लागेका तीर्थ कोइरालाले व्यङ्ग्य गर्दै भनेका छन्– मेची–महाकाली जोड्ने लामो राजमार्ग बनाए तराईमा । औद्योगिक क्षेत्रहरू खोले । उद्योग जति तराईमै स्थापना गरे। राम्रा स्कुल–कलेज र अस्पताल तराईमा बनाए । तराईका शिक्षितलाई जताजतै जागिर दिए । सयौँ जमिनदारका लाखौँ बिघा जमिन खोसेर तराईका मोही र किसानलाई बाँडे। त्यसैले पAहाडेहरूले महेन्द्रलाई अपराधी भन्नुपर्छ । खोइ त पहाडमा के भयो?
    राजा महेन्द्रका बारेमा धेरै राष्ट्र र नेता मात्रै हैन, दार्शनिक लेखक बोलेका छन ्।

    उनीहरूले उच्च मूल्यांकन गर्दै नेपालको जटिल भूराजनीतिक अवस्थामा तटस्थ बसेर महेन्द्रले अन्य राष्ट्रलाई पनि शिक्षा दिएको बताएका छन् । भारतका विद्वान् सर्वपल्ली राधाकृष्णन लगायतका राजनेता, लेखक र पत्रकारले बहुआयामिक व्यक्तित्व भएका महेन्द्रले विश्वलाई नै प्रभावित बनाएको बताएका छन् ।  नेपालमा राजनीतिका नाममा सत्ताबाहेक केही नदेख्नेले महेन्द्रलाई बुझ्ने प्रयास नै गरेनन् । दुर्भाग्यपूर्ण कुरा यही हो ।
    साभार : नागरिक दैनिक

     

    बुधवार, आषाढ ९ २०७८१०:३२:१६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार