images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

माइक्रोसफ्ट कार्पोरेसन : अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

माइक्रोसफ्ट कार्पोरेसन : अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

शनिवार, आषाढ ५ २०७८

  • 2.5K
    SHARES

  • माइक्रोसफ्ट कार्पोरेसन :  अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

    वासिङ्टन, असार । विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त हुनुभएको छ । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहनु भएको थियो भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहनुभएको थियो । भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको कम्पनीले जनाएको छ ।

    माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्याग्नुभएको थियो भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत हुनुभएको थियो ।

    उहाँ अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहनु हुने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनु भएको हो । त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिनुभएको थियो ।

    संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । अहिले उहाँ पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ ।

    कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उहाँले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेख्नुभएको छ ।

    शनिवार, आषाढ ५ २०७८०६:२१:४२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार