Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images
नेपाली काग्रेस

१४औं महाधिवेशन ९ दिन पर सर्ने : 'भदौ १६ देखि १९ सम्म गर्ने महामन्त्रीको प्रस्ताव'

१४औं महाधिवेशन ९ दिन पर सर्ने : 'भदौ १६ देखि १९ सम्म गर्ने महामन्त्रीको प्रस्ताव'

शनिवार, जेठ २९ २०७८

  • 1.6K
    SHARES

  • १४औं महाधिवेशन ९ दिन पर  सर्ने    :  'भदौ १६ देखि १९ सम्म गर्ने महामन्त्रीको प्रस्ताव'

    काठमाडौं, जेठ। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ ।

    शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए ।

    तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।

    सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।

    त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए ।

    यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

    शनिवार, जेठ २९ २०७८०७:०२:१०

    डेमो खबर

    सम्बन्धित समाचार