Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

निषेधाज्ञा लम्बिँदा  : 'उपभोग्य बस्तुको मूल्य आकासियो '

निषेधाज्ञा लम्बिँदा  : 'उपभोग्य बस्तुको मूल्य आकासियो '

शुक्रवार, जेठ २८ २०७८

  • 1.3K
    SHARES

  • निषेधाज्ञा लम्बिँदा   : 'उपभोग्य बस्तुको मूल्य आकासियो '


    पर्सा, जेठ । निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको छ । मूल्य आकासिएपछि सर्वसाधारण मारमा परेका छन्  । उपभोक्ता भन्छन, एकातिर रोजगार गुमेको छ, अर्कोतिर दैनिक उपभोग्य बस्तुको मूल्य आकासिदा पीडामाथि पीडा थपिँदै गएको छ ।  
    कोभिड १९ को प्रथम चरणमा सिमापारीका बजार खुल्ने गरेकाले बैद्य वा अवैद्य बाटोबाट खाद्यान्न र दैनिक उपभोग्य बस्तु भित्रिने गरेकोमा कोरोनाको दास्रो चरणको लहरमा सिमापारी भारतीय सहरमा पनिे निषेधाज्ञा आदेश जारी गरेपछि न्युन परिमाणमा समान आउँदा दैनिक उपभोग्य लगायतका समानको मूल्य आकासिएको स्थानीय ब्यापारीको भनाई छ । 
    किराना ब्यवसायी चन्द्रिकाप्रसाद केशरीले धेरैजसो उपभोग्य समानको मूल्य भारतीय बजारमै बढेको तथा अबैद्य बाटो प्रयोग गरि समान मगाउँदा ढुवानी खर्च ( कैरिङ्ग चार्ज ) समान्य अवस्थाभन्दा देब्बर दिनुपर्ने भएकाले मूल्य बृद्धिलाई रोक्न नसकिएको बताए । 
    उनले बिशेष गरि खाने तेल, चिनी, दाल, गुणस्तरय चामल मसला लगायतका समानको मूल्यमा २० देखि २५ प्रतिशतसम्म बृद्धि भएको  । 
    बीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले निषेधाज्ञाको समयमा स्वदेशी उत्पादनले मात्र माग अनुसारको आपूर्ति गर्ने अवस्था नभएकाले ब्यवसायी बढी मूल्य तिरेर बैद्य वा अवैद्य बाटो प्रयोग गरि समान मगाउँदा अस्वभाविक रुपमा मूल्य बृद्धि भएको स्वीकार्नु हुन्छ ।
    उनले बीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगमध्ये कतिपय बन्द भएका र चालु अवस्थाका उद्योगले पनि ५० प्रतिशतभन्दा बढी उत्पादन गर्न नसकेको बताउछन । उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिनाप्रसाद गुप्ताले प्रभावकारी अनुगमनको अभावमा ब्यवसायीले असाधारण परिस्थितिको फाईदा उठाउदै आफूखुशी मूल्य तोकी रकम लिने 
    जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका सयोंजक भिमकान्त पौडेलले सिमित समयका लागि खाद्यान्नलगायतका समानको पसल खुल्ने गरेकाले असधारण परिस्थितिका कारण प्रभावकारी अनुगमन हुन नसकेको  हो । अबको केही दिनभित्रै कसैलाई पनि मार्का नपर्ने गरि अनुगमनलाई प्रभावकारी र नियमित गर्ने बताए ।  

    शुक्रवार, जेठ २८ २०७८०९:०९:०२

    डेमो खबर

    सम्बन्धित समाचार