Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

प्रदेश २ नीति तथा कार्यक्रम : " स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा"

प्रदेश २ नीति तथा कार्यक्रम : " स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा"

बिहिवार, जेठ २७ २०७८

  • 469
    SHARES

  • प्रदेश २   नीति तथा कार्यक्रम  :  " स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा"


    जनकपुरधाम, जेठ । प्रदेश २ सरकारको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बिहिबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फवाट प्रदेश प्रमुख राजेश झा अहिराजले अगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम बाचन गरेका छन । 
    आज प्रस्तुत नीति तथा कार्यक्रममा नेपालको संविधान, सरकारको आर्थिक नीति, आवधिक योजना तथा दीर्घकालीन क्षेत्रगत नीति र दिगो विकास लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धता, कोभिड १९ ले पारेको प्रभाव न्यूनीकरण, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना, मध्यकालीन खर्च संरचना, चालु आर्थिक वर्षमा ल्याएको नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर ल्याइएको छ । 
    नीति तथा कार्यक्रममा कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारसहित स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार र उद्योग तथा पर्यटन क्षेत्रलाइ प्राथमिकता दिइएको छ । 
    नीति तथा कार्यक्रममा प्रदेश सरकारले अघिल्लो वर्षमा सञ्चालन गरेका कार्यक्रमलाई निरन्तता दिदै केही नयाँ कार्यक्रम योजना थप गरिएको छ ।  नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक रुपमा प्रदेशमा धेरै क्षति भएको भन्दै स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरि प्रदेशको आठवटै जिल्लाका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको व्यवस्था गरी उपचार प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्यकर्मीको दरबन्दी थप गरिने भएको छ । 
    जनकपुरधामको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पतालको निर्माण गर्नुका साथै धनुषाको जटहीमा ५० शयाको अस्पताल, सप्तरीको रुपणीमा ट्रमा सेन्टर निर्माण गर्ने लक्ष्य लिएको छ । 
    स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत प्रादेशिक अस्पताल जनकपुरधाममा अगामी आर्थिक वर्षमा पाँचसय सयाको अत्याधुनिक अस्पताल निर्माण गर्नुको साथै प्रादेशिक अस्पतालमा क्यान्सर विभागक स्थापना गरिने छ । 
    प्रदेशको प्रत्येक जिल्ला अस्पतालमा पोषण गृहको स्थापना गरी प्रदेशको स्वास्थ्य क्षेत्रलाई समग्र रुपमा राम्रो बनाउन स्वास्थ्य नीति ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा नमुना विद्यालयको निमार्ण गर्नुको साथै प्रदेशको राजधानी जनकपुरधाममा प्रादेशिकस्तरको पुस्तकालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । 
    कृषि, पूर्वाधार र उद्योग पर्यटनको क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान जस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनेछ । 
    मुख्यमन्त्री स्वच्छता अभियानको व्यापकतालाई दष्टिगत गर्दै अभियानको दिगोपनाका लागि मुख्यमन्त्री स्वछता अभियान प्राधिकरण गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 
    कोरोना महामारीका कारण रोजगारी गुमाएकाका लागि मुख्यमन्त्री युवा रोजगार कार्यक्रम तथा उद्यम विकास कार्यक्रम सञ्चालन, प्रदेश २ को विशिष्ठ खानपानको पहिचानको लागि पाकशाला गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 
    बालश्रम तथा सडक बालबालिका मुक्त प्रदेश निर्माण गरिनुको साथै प्रदेश राजधानी जनकपुरधाम र आर्थिक राजधानी बिरगञ्जलाई हरित र स्वच्छ सफा शहरमा रुपान्तरणका लागि शहरी वृक्षारोपण, फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निमार्णको अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

     

    बिहिवार, जेठ २७ २०७८०७:१५:०३

    डेमो खबर

    सम्बन्धित समाचार