Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

बरामद काठ बेपत्ता : 'लुकाएको आशंका लागेका कर्मचारीको सरुवा '

बरामद काठ बेपत्ता : 'लुकाएको आशंका लागेका कर्मचारीको सरुवा '

बिहिवार, जेठ २७ २०७८

  • 301
    SHARES

  • बरामद काठ बेपत्ता  : 'लुकाएको आशंका लागेका कर्मचारीको सरुवा '


    सप्तरी , जेठ  । बरामद काठ बाटोबाटै बेपत्ता भएको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाको ठेलियाबाट पक्राउ परेको एक ट्याक्टर साखु काठ बाटोमै लेनदेन गरेर बेपत्ता पारेको रहस्य खुलेको छ । 
    वन कार्यालयको एक कर्मचारीको प्रत्यक्ष संलग्नतामा काठ तस्कर, उपभोक्ता समूह र प्रहरीको मिलोमतोमा बेपत्ता पारेर एक थान मात्र बुझाइएपछि उक्त रहस्य खुलेको हो । वनका कर्मचारी, प्रहरी र उपभोक्ता समितिको मतोमिलोमा बरामद भएको सम्पूर्ण काठ वन कार्यालयलाई नबुझाएको हल्ला खल्ला भएपछि संलग्न कर्मचारीलाई आन्तरिक कारबाही स्वरुप त्यहाँबाट सरुवा गरिएको छ भने वन कार्यालयले अनुसन्धान पनि थालिएको छ । 
    गत २० गते राती ट्याक्टरसहित करिब एक दर्जनभन्दा बढी झ्यालको चौकस बरामद भएको थियो । तीमध्ये एक थान मात्र सानो आकारको कुहिएको चौकस २१ गते पूर्वी सव डिभिजन वन कार्यालय रुपनगरलाई बुझाएपछि मिलोमतोको शंका बढेको हो । 
    सव डिभिजन अन्र्तगत कार्यरत वन रक्षक धनराज मण्डललाई त्यहाँबाट सरुवा गरिएको छ ।  इलाका प्रहरी कार्यालयले ठेलियाले झ्यालको फ्रेम बनाइएको प्रदेश २–०३–००१ त १७५० नम्बरको ट्याक्टरसहित साखुको काठ बरामद गरेको थियो । 
    सव डिभिजन वन कार्यालय कञ्चनपुर रुपनगरका कर्मचारी, वन उपभोक्ता र प्रहरीको मिलोेमतोमा नियन्त्रणमा लिएको दुई÷तीन दिनपछि सबै काठ लुकाइछिपाई एक थान मात्र काठ कारबाहीको लागि बुझाइएको स्थानीयको आरोप छ ।

    सो घटनामा चलखेल रहेको थाहा पाएपछि डिभिजन वन कार्यालय सप्तरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डेफो सन्तोषकुमार झाले जानकारी दिएका छन । 
    प्रहरीले एक थान सानो झ्यालको फ्रेम काठ र एक क्विन्टल गहुँसहित ट्याक्टर कारबाहीको लागि बुझाइएको छ प्रमुख झाले भने, ‘बाहिर ठूलो संख्यामा काठ बरामद भएको मैले पनि सुनेको छु, त्यसैले सव डिभिजनका निमित प्रमुख राजेन्द्रप्रसाद चौधरीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ ।’ 
    इलाका प्रहरी कार्यालय ठेलियाले नियन्त्रणमा लिएको ट्याक्टरसहितको एक थान झ्यालको फ्रेम काठ गत २१ गतेको पत्रबाट आवश्यक कारबाहीको लागि सवडिभिजन वन कार्यालय रुपनगरलाई बुझाइएको निमित प्रमुख राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । 
    हामी अनुसन्धान गरिरहेका छौ, ट्याक्टर चालक चन्द्रकुमार राईसँग बयान लिएका छौ । ट्याक्टर धनी नितेश राईले स्थानीय कुबेर माझीको घरबाट काठ ल्याउँदै गरेको बयानको क्रममा चालकले बताएको छ ।   
    पटक–पटक उपभोक्ता समूहले अबैद्य रुपमा वन फडानी गरी काठ बेच्दै आएको भन्दै स्रोतले अहिले बरामद काठ सुन्दरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रमाणीको रहेको बताए। तर, अध्यक्ष प्रमाणीले आफ्नो काठ नभएको बताए ।
    सो सम्बन्धमा इलाका प्रहरी कार्यालय ठेलियाका प्रमुख प्रहरी नायब निरीक्षक सुरेश मण्डलले स्थानीयले काठसहित ट्याक्टरलाई रोकेर होहल्ला गरिरहेको अवस्थामा प्रहरी पुगेर नियन्त्रणमा लिएको बताएका छन । 
    प्रहरीले ट्याक्टर नियन्त्रणमा लिदाको बेला ट्याक्टरमा एक थान सानो दुई बाइ अढाइ आकारको झ्यालको फ्रेम मात्र भएको काठ, दुई बोरा गहुँ मात्र रहेको थियो ।

     

    बिहिवार, जेठ २७ २०७८०२:३९:२९

    डेमो खबर

    सम्बन्धित समाचार