Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

अबैद्य ३० लाखसहित दुई भारतीय पक्राउ

अबैद्य ३० लाखसहित दुई भारतीय पक्राउ

बिहिवार, जेठ २७ २०७८

  • 305
    SHARES

  • अबैद्य ३० लाखसहित दुई भारतीय पक्राउ


    गौर, जेठ  । भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार अवैद्य रकमसहित दुई भारतीय नागरिकलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।
    रौतहट परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा प्रहरीले चेकजाँज गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
    भारतबाट नेपालतर्फ आउँदै गरेको बिरआर ०५ आर ४५२१ नम्बरको मोटरसाईकल रोकी चेकजाँज गर्दा चालक र पछाडि सवारले बोकको नाइलनको झोेला र उनीहरुको साथबाट उक्त रकम ३० लाख ७६ हजार नेपाली रुपियाँ बरामद भएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन ।
    स्रोत नखुलेका अवैद्य रकमसहित मोटरसाईकल चालक भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहन बस्ने २२ वर्षको बन्टिकुमार कलवार र पछाडि सवार सोही ठाउँका २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले जनाए ।
    अवैध रकम, मोटरसाईकलसहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

     

    बिहिवार, जेठ २७ २०७८०२:३३:२८

    डेमो खबर

    सम्बन्धित समाचार