Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

सुदूरपश्चिम प्रदेश : आज नीति तथा कार्यक्रम

सुदूरपश्चिम प्रदेश : आज नीति तथा कार्यक्रम

बिहिवार, जेठ २७ २०७८

  • 505
    SHARES

  • सुदूरपश्चिम प्रदेश :  आज नीति तथा कार्यक्रम

    धनगढी जेठ। सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

    आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

    बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको छ । राजनीतिक उत्तारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।

    संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

    बिहिवार, जेठ २७ २०७८०९:४१:१५

    डेमो खबर

    सम्बन्धित समाचार