Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा थप ४३४४ मा संक्रमण, ८१ को मृत्यु'

नेपालमा काेराेना : 'पछिल्लो २४ घण्टामा थप ४३४४ मा संक्रमण, ८१ को मृत्यु'

बुधवार, जेठ २६ २०७८

  • 397
    SHARES

  • नेपालमा काेराेना :  'पछिल्लो २४ घण्टामा थप ४३४४ मा संक्रमण, ८१ को मृत्यु'

    काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा थप ४३४४ मा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ को एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ मा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् । कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६७९, झापामा २०२, कास्कीमा १९६, सुनसरीमा १६३, ललितपुरमा १५९, नवलपरासी पूर्वमा १२३, सर्खेतमा १३१, मोरङमा ११९ र कैलालीमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भक्तपुरमा ८५, धनुषामा ८१, चितवनमा ७५, काभ्रेपलाञ्चोकमा ७३, खोटाङमा ७०, बारामा ६८, बर्दियामा ६६, दोलखामा ५६, पाँचथरमा ५५, धादिङमा ५३,मकवानपुरमा ५२ र रूपन्देहीमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम र कञ्‍चनपुरमा ४८/४८ जना, सप्तरीमा ४७, गोरखामा ४४, रोल्पामा ४०, दाङमा ३९, नुवाकोटमा ३२, सिरहामा २८, बाँकेमा २५, सिन्धुलीमा २२,नवलपरासी पूर्वमा २१, महोत्तरी र डोटीमा २०/२० जना, दैलेखमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै पर्वतमा १५, गुल्मीमा १४,तनहुँ र म्याग्दीमा १३/१३ जना, स्याङजामा ११, अर्घाखाँची र डडेलधुरामा १०/१० जना, इलाम र रामेछापमा ८/८ जना,उदयपुर, सर्लाही र रूकुममा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा र रौतहटमा ६/६ जना, सोलुखुम्बु, लम्जुङ, बागलुङ र कपिलवस्तुमा ५/५ जना, तेह्रथु र भोजपुरमा ४/४ जना, रसुवा, जाजरकोट र सल्यानमा ३/३ जना,ओखलढुंगा,पर्सा, कालिकोट, जुम्ला र दार्चुलामा २/२ जना तथा संखुवासभा, मुस्ताङ, प्‍युठान, रूकुम, बझाङ र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै १० वर्ष मुनिका ११९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २८४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    बुधवार, जेठ २६ २०७८०७:३०:५८

    डेमो खबर

    सम्बन्धित समाचार