Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

बलात्कार घट्ना :  " स्थानीयले गरे विवाह गराई दिने सहमति "

बलात्कार घट्ना :  " स्थानीयले गरे विवाह गराई दिने सहमति "

मंगलवार, जेठ २५ २०७८

  • 633
    SHARES

  • बलात्कार घट्ना :  " स्थानीयले गरे विवाह गराई दिने सहमति "


    वीरगञ्ज, जेठ । साँझ घरमा कोही नभएको मौका छोपी छिमेकी युवक घरमा पसी जबरजस्ती करणी गरेको बलात्कारको घट्नालाई गाँउपालिकाका अध्यक्षको अगुवाईमा विवाह गराई दिने सहमतिमा सामसुम पारिएको बाहिरिएको छ ।   
    पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ जगरनाथपुर टोलका २२ वर्षीय किशोरले छिमेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको बलात्कारको घट्नालाई गाउँपालिका अध्यक्षको अगुवाईमा विवाह गराईदिने सहमतिमा सामसुम पारिएको हो ।  
    शनिबार साँझ ६ बजेको समयमा छिमेकमै बस्ने युवक घरभित्र प्रवेश गरी बहिनीलाई जबरजस्ती करणी गरेको पीडितका दाजुले पाँडेपुर प्रहरी चौकीमा खबर गरेका थिए ।
    सोपछि राती करिब ८ बजे पाँडेपुर प्रहरी चौकीबाट असईसहित दुईजना प्रहरी युवकलाई पक्राउ गर्न गाउँमा पुगेका थिए । 
    गाउँको कुरा गाउँमै मिलाउँने हो प्रहरी आउनु पर्दैन भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता जान भनेको र आरोपी पीडक युवक भिडभाडको मौका छोपी फरार भएको एक स्थानीयवासीले जानकारी दिएका छन ।
    ‘२२ वर्षको केटा पनि अविवाहित हो, केटी २० वर्षकी रहिछन,  उनी पनि अबिबाहित र उनीहरुको लभ रहेछ, घरमा कोही नभएको बेला केटा केटीको घरमा आएको र केटीका परिवारले घरमा भेटेपछि विवाद भएको हो । 
    बलात्कार भएकै छैन, कानुन मलाई थाह छ बलात्कारको घटनालाई ढाकछोप गरेर जेल जाने रहर छैन । बिरोधीको जालझेल हो, केटीका घरका सदस्यलाई लभको बारेमा थाहा नभएकाले प्रहरीलाई खबर गरेका रहेछन्’ गाउँपालिका प्रमुख जालिम मियाँले गोरखापत्रसँग भन्नुभयो ।   
    उहाँले भन्नुभयो, ‘पञ्चायती भएकै होईन, केटा–केटीका घरका मानिस बसेर छलफल गरी विवाह गराईदिने सहमती गरेका हुन् । लभ गर्ने जोडीलाई विवाह गराईदिने सहमती भएको हो ।’
    गाउँपालिका प्रमुख मियाँ जगरनाथपुर टोलकै बासिन्दा भएकाले पीडित युवतीका परिवारलाई समेत प्रभावमा पारिसकिएको प्रहरीको दाबी छ ।  गाउँलेका अनुसार शनिबार राती प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँकै अगुवाईमा पञ्चायती बसी युवतीको विवाह ती युवकसँग गर्ने पञ्चहरुले निर्णय रहेका थिए । 
    बलात्कारको मुद्दालाई कमजोर पार्न, पीडकलाई कानुनी सजायबाट बचाउन सहमति गरिएको बताईन्छ । 

     

    मंगलवार, जेठ २५ २०७८०९:००:४४

    डेमो खबर

    सम्बन्धित समाचार