Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images
ओलीकाे प्रस्तावमा नेपाल पक्षको प्रतिक्रिया 

ओलीको आह्वानको अर्थ छैन : " २३ सांसदको हस्ताक्षर फिर्ता लिने कपटपूर्ण प्रस्ताव "

ओलीको आह्वानको अर्थ छैन : " २३ सांसदको हस्ताक्षर फिर्ता लिने कपटपूर्ण प्रस्ताव "

सोमवार, जेठ २४ २०७८

  • 1.3K
    SHARES

  • ओलीको आह्वानको अर्थ छैन  : " २३ सांसदको हस्ताक्षर फिर्ता लिने कपटपूर्ण प्रस्ताव "

     

    काठमाडौं, जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ । ओलीले आफूलाई सुरक्षित गर्न कतिसम्म जालझेल गर्छन भन्ने जानकारका लागि  यो अलमल्याउने र अदालतबाट २३ सांसदको हस्ताक्षर फिर्ता गराउने अर्को कपटपूर्ण प्रस्ताव भनी बिश्लेषण गरेका छन । 
    नेपाल पक्षको नेताको बिश्लेषण छ, पार्टीको सचिवालय बैठकले सँधै गर्ने गरेको बहुमतको निर्णलाई सँधै लत्याएका ओलीले यस आव्हानमा पहिले नै २३ ुांसदको अदालतको हस्ताक्ष।लाई समझदारीको एजेण्डा बनाएका छन । 
     नमिलेका बिषय कार्यदलको प्रतिवेदनपछि मिलाउने भनेर जिम्मा दिन खोजेको प्रस्तावले यसअघिको प्रस्ताव पनि सँम्झे, खोई त त्यो पहिलाको कार्यदलको प्रतीवेदन पटक पटक यस्तै खेल खेल्दै आएर  सबैलाई सिध्याएर एकलौटी शाशअ गर्न रुचाउने ओलीबाट पार्र्टी र दलका नेताका सुझाव कहाँनेर मानेका छन भन्ने पनि बिश्लेषण छ । 
    प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने आज बस्ने स्थायी कमिटी रहेको जनाइएको छ ।

    एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले सञ्चारकर्मीलाई भने, ‘आज १० बजे स्थायी कमिटी बैठक बस्छ,  साथीहरुसँग त्यहीँ छलफल  हुन्छ र औपचारिक धारणा बनाउँछौं ।’अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका छन ।  

    सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा  ने उनको पहिलो फिर्ता लिनुपर्ने शर्त छ ।

    तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।माधव पक्षीय एक नेताले डेमोखबरसँग भने, ‘ओलीको पत्रको केही अर्थ छैन । संसद विघटनमा उनले आत्मालोचना पनि गर्नु भएको छैन । मुद्दा फिर्ता लिने कुरै हुँदैन ।’

     

    सोमवार, जेठ २४ २०७८०९:१३:०७

    डेमो खबर

    सम्बन्धित समाचार