Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

नेकां नेतृ एवम् समाजसेवी कर्माचार्यको निधन

नेकां नेतृ एवम् समाजसेवी कर्माचार्यको निधन

शनिवार, जेठ २२ २०७८

  • 1.8K
    SHARES

  • नेकां नेतृ एवम् समाजसेवी कर्माचार्यको निधन


    सिरहा, जेठ  । कोरोना कालमा गरीब तथा विपन्न समुदायमा गएर आफ्नै तर्फबाट निःशुल्क राहत वितरण गर्दै आउनुभएकी लहानकी समाजसेविका संगीता कर्माचार्यको कोरोनाका कारण मृत्यु भएको छ ।
    कोरोनाको दोस्रो लहर चलेयता सङ्क्रमित हुनुभएकी कर्माचार्य गत जेठ ५ देखि झापास्थित बिएमसी अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको थियो । अस्पतालले शनिवार विहान ७ः३० बजे उहाँलाई मृत घोषणा गरेको हो । 
    सङ्क्रमण हुनुभन्दा केही अघिसम्म उहाँले आफ्ना पति महेश चौधरीसँगै लहान–१४ स्थित पक्की टोलमा त्यहाँका विपन्न तथा गरिब समुदायका घरपरिवारलाई राहत वितरण गर्नुभएको थियो । 
    उहाँले आफ्ना पति चौधरीसँग मिलेर विभिन्न दाताको सहयोगमा कोरोनाको पहिलो लहरको समयमा भोक टार्न मुश्किल परेका करिब चारहजार परिवारलाई एक महिनाको खाद्य सामग्री उपलब्ध गराउनुभएको थियो । 
    उहाँले उक्त समयमा सबैभन्दा तल्लो जातीय समुदाय भनेर चिनिने डुमदेखि चुरेको खोंचमा रहेका विपन्न ब्रम्हाण परिवारलाई राहत उपलब्ध गराउनुभएको थियो । नेपाली काङ्ग्रेसको भगिनी संस्था नेपाल महिला स†ङ्घका केन्द्रीय सदस्य रहनुभएकी कर्माचार्यका दुई छोरा छन् ।

    शनिवार, जेठ २२ २०७८०४:४०:१७

    डेमो खबर

    सम्बन्धित समाचार