Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images
विपक्षी गठबन्धन

पाँच दल शीर्ष नेता बैठक : ' थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्ने'

पाँच दल शीर्ष नेता बैठक : ' थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्ने'

शनिवार, जेठ २२ २०७८

  • 1.2K
    SHARES

  • पाँच दल शीर्ष नेता बैठक   : ' थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्ने'

    काठमाडौं, जेठ  । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गर्ने क्रममा गठित पाँच दलीय विपक्षी गठबन्धनले ओली सरकारविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ ।

    ओली सरकार एकपछि अर्को धाँधली र भ्रष्ट कार्यमा व्यस्त रहेको निचोड निकाल्दै बैठकले अब प्रतिरोध गर्नुको विकल्प नरहेकोसमेत ठहर गरेको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा शीर्ष नेताबीच गठबन्धनमा थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्नेबारे समेत छलफल भएको हो ।

    बैठकले संविधानविपरीत चलिरहेको अवैधानिक सरकारले जनतामा असर गर्ने प्रकृतिका एकपछि अर्का धाँधलीयुक्त र भ्रष्ट कार्य गरिरहेको निचोड निकालेको हो ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने निष्कर्षमा पाँच दल पुगेको बताए ।

    काम चलाउ र अवैधानिक धारबाट खडा भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । जसले दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्याउने प्रकृतिका नीति र योजना आएको ठहर पनि विपक्षी गठबन्धनको छ ।

    बैठकले सरकारका पछिल्लो गतिविधिको गम्भीर समीक्षा र खण्डन गरेको छ । चुरेको दोहन गर्नेदेखि कोभिड महामारी नियन्त्रणमा सरकारको अकर्मण्यताले यो कतातिर गइरहेको स्पष्ट हुने भन्दै नेताले अब संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्ने कुरा मुख्य भएको निष्कर्षसहित एकतावद्ध भएर अगाडि बढ्ने बताएका छन् ।

    बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अशोककुमार राई र महेन्द्र राय यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन् ।

    शनिवार, जेठ २२ २०७८०१:३१:२४

    डेमो खबर

    सम्बन्धित समाचार